(Last Updated On: January 21, 2019)
कीर्तिपुर (७ माघ)÷त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आसन्न स्ववियु निर्वाचन तयारी सम्बन्धमा अध्ययन संस्थान र संकायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यकाभित्रका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखहरुसंग छलफल गरेको छ ।
शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा डीन, निर्देशक, महाशाखा प्रमुखहरु एवं क्याम्पस प्रमुखहरुबाट निर्वाचन सफलतापुर्वक सम्पन्न गर्न र तोकिएको जिम्मेवारी पुरा गर्न स्ववियु निर्वाचन निर्देशिकामा समावेश हुनुपर्ने आचारसंहिताका विषयवस्तुहरुमा छलफल गरी सुझावहरु प्रस्तुत गरिएका छन् ।
कार्यक्रममा त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँले क्याम्पस प्रमुखहरु एवं विद्यार्थी संघसंगठनहरुसंग निरन्तर छलफलमा रहेर निर्वाचन सम्पन्न गर्ने बताउनु भयो । उहाँले उमेद्वार हुने उमेरहद अघिल्लो निर्वाचनबाट स्थापित भइसकेकोले यो निर्वाचनलाई नियमित प्रक्रियाको रुपमा सम्पन्न गर्नुपर्ने दायित्व त्रिविका सबै आङ्गिक क्याम्पसहरुलाई भएको बताउनु भयो । छलफलबाटै निर्वाचनसम्बन्धी स्पष्ट रुपमा विधि र प्रक्रियाको टुङ्गो लगाएर तोकिएको मितिमा निर्वाचन गर्न त्रिवि सक्षम रहेको बताउनु हुँदै उहाँले त्यसको लागि सम्पूर्ण व्यवस्थापनको तयारीमा जुट्न, मतदाताहरुको नामावलीको टुङ्गो लगाउन र क्याम्पसभित्र क्रियाशिल विद्यार्थी संघसंगठनहरुसंग निरन्तर सम्वाद गर्न क्याम्पस प्रमुखहरुलाई आग्रह गर्नुभयो । उहाँले दुई वर्ष अगाडि निर्वाचन सम्पन्न हुन नसकेका क्याम्पसहरुमा समेत यस वर्ष सहज रुपमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन उच्च राजनीतिक तहसम्म निरन्तर छलफल गरेर अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो ।
शिक्षाध्यक्ष प्रा.डा. त्रिपाठीले निर्वाचन प्रक्रियाको तयारी थाल्न त्रिविबाट पहिलो परिपत्र भइसकेको स्मरण गराउनुहुँदै दोस्रो चरणमा यो छलफल चलिरहेको बताउनु भयो । उहाँले अघिल्लो पटक निर्वाचन सम्पन्न गराएको अनुभवका कारण यस पटक अझ सहज ढँगले सबै क्याम्पसहरुमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । स्ववियु निर्वाचनको लागि क्याम्पस प्रमुखको जिम्मेवारी र क्याम्पसमा गठन हुने निर्वाचन समिति एवं आचारसंहिता अनुगमन उपसमिति समेतलाई बलियो बनाउँदै जिम्मेवारी तोक्ने विषयमा थप छलफल गरेर निर्णय लिइने उहाँले बताउनु भयो । फागुन १४ गते स्ववियु निर्वाचनको स्थापित मिति भएकोले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न विद्यार्थी संघसंगठनहरुबाट समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा क्याम्पस प्रमुखहरुबाट स्ववियु निर्वाचनको लागि आवश्यक तयारी थाल्ने प्रतिबद्धता व्यक्त भएको छ ।

I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
priligy price Monitor Closely 1 trimipramine increases and terbutaline decreases sedation
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.