
काठमाडौं –प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको संस्थागत विकास र कार्यान्वयनका लागि युवा तथा विद्यार्थी वर्गको पनि उत्तिकै सहयोग र सहभागिताको खाँचो औँल्याउनु भएको छ । त्रिभुवन विश्वविद्यालय नेपाल तथा एसियाली अध्ययन केन्द्र(सिनास)द्धारा आज कीर्तिपुरमा आयोजित समुदाय–प्रहरी साझेदारी कार्यसम्बन्धी अन्तरक्रियामा उहाँले विभिन्न चरणमा व्यापक छलफल गरी विविध उद्देश्यका साथ ल्याइएको उक्त कार्यक्रमले छोटो समयमा वृहत् उपलब्धि हासिल गरी संस्थागत रुपमा विकास भइसकेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले नेपालको प्रहरीले विश्वमा विशिष्ठ पहिचान राख्न सकेको उल्लेख गर्दै सन् २०१८ मा विश्वका १८४ औँ स्तरमा रहेकामा सन् २०१९ मा ७६ मा झरेको र सार्क मुलुकमा भुटान र श्रीलंकापछि तेस्रो स्थानमा रहेको जानकारी दिनुभयो ।

सो अवसरमा सिनासका कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरुसँग प्रहरी महानिरीक्षकले पहिलोपटक भएको प्रत्यक्ष अन्तरक्रियाले सुरक्षा निकाय र प्राज्ञिक निकायबीचको सम्बन्धलाई अझ नजीक बनाएको बताउनुभयो । सो अवसरमा नेपालको सामाजिक विषयमा कुराकानी भएको थियो । त्रिवि मानविकी तथा समाजशास्त्र संकायअन्र्तगत शान्ति तथा द्धन्द विभागका डीन पीताम्बर भण्डारी र चीरन्जीवी पनि उपस्थित हुनुहुन्थ्यो । अन्तरक्रियामा विश्वविद्यालयका पिएचडी, एमफिल तथा स्नाकोत्तर तहका विद्यार्थीहरुके सहभागिता रहेको थियो ।
गतका कामको समीक्षा र भावी कार्य्दिशाको अझ बढी दायित्व वहन गर्दै अगाडि बढ्नका लागि अन्तरक्रिया कार्यक्रमआयोजना गरिएको उनले उल्लेख गरे । कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक खनालले स्थानीय तहको सहयोग, समन्वय, सहकार्य र उपस्थितिले काम गर्न अझै हौसला र उर्जा मिलेको बताए ।
प्रविधि र प्रहरी उपस्थितिलाई एकसाथ लैजाने नीति साझेदारीले अगाडि बढाएको उनले उल्लेख गरे ।
ट्राफिक व्यवस्थापन, लागूऔषध र मदिरा नियन्त्रण, पुर्नस्थापना केन्द्र स्थापना, मानव बेचबिखन नियन्त्रण, फरार अपराधी पक्राउ लगायतका विषयमा विशेष अभियान संचालन अन्तर्गत त्रैमासिक योजना ल्याइएको
उनले बताए ।
उक्त अवसरमा उपस्थित नगरपालिका प्रमुखहरू, उपप्रमुखहरु, गाउँपालिकाअध्यक्षहरुले समुदाय–प्रहरी कार्यक्रम निकै प्रभावकारी र फलदायी भएको चर्चा गर्दै निर्दिष्ट लक्ष्य र उद्देश्यका साथ शान्ति सुरक्षामा सहयोग पुर्याउन ल्याइएको यस कार्यक्रमलाई स्थानीय तहबाट गर्नुपर्ने भूमिका पूर्णरुपमा निर्वाह गरी सहयोग पुर्याउने प्रतिवद्वता व्यक्त
गरे ।

बजेट व्यवस्थापन देशभरका स्थानीय तहमा सक्षमता र आवश्यकता अनुसार विविध क्रियाकलाप भइरहेको चर्चा गर्दै उनीहरुले स्थानीय तह र प्रहरीले मिलेर गर्नुपर्ने काम, सहकार्यर समन्वयका विषयमा विविध सुझाव प्रस्तुत गरे।
उक्त अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएका प्रारम्भिक उपलब्धीहरु, प्रणालीगत विकास, समुदायमा वृहत पहुँच, उपत्यका सन्दर्भ उल्लेखनीय उपलब्धीहरु, चुनौतीहरु र साझेदारीका भावी क्षेत्रहरुबारे प्रस्तुतीकरण गरेका थिए ।

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.info/en/register?ref=JHQQKNKN
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Hello Dear, are you genuinely visiting this site regularly, if so afterward you will without doubt obtain fastidious know-how. Lynn Kniess
Very good post. I am experiencing a few of these issues as well.. Tanner Mceirath