(Last Updated On: January 15, 2019)
काठमाडौं । माघ १
त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्र(सेरिड) को ४२ औं बार्षिक दिवस समारोह सम्पन्न भएको छ ।
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले बार्षिक दिवस समारोहको उद्घाटन गर्नुुहुदै अनुसन्धानबाट मात्रै मुलुकको विकास सम्भव भएकोले शिक्षा अनुसन्धानमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । अनुसन्धान केन्द्रले गरेका अनुसन्धानहरु विकासका अधारशिला हुनुपर्ने भन्दै पूर्विय दर्शन अनुसन्धानको कमिले पछि परेको बताउनुभयो । अब विश्वविद्यालयहरुको भूमिका परिवर्तन भएको एवं विश्वविद्याललाई उद्योग,खेतकिसानी सँग जोडदै मुलुकले अवलम्वन गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियान साकार पार्नुपर्ने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा तीर्थराज खनियाले त्रिविका अनुसन्धान केन्द्रहरु थप व्यवस्थि बन्दै आफूलाई अनुसन्धानमा क्रियाशिल गराइरहेको बताउनुभयो । त्रिविले अनेकौ चुनौतीका वावजुत पनि प्राज्ञिक क्रियाकलापलाई प्राथमिकता दिदै आइरहेको हुँदा विश्वमै त्रिवि प्रतिस्पर्धी बन्दै गइरहेको बताउनुभयो । शिक्षणबाट अब अनुसन्धानमुलक विश्वविद्यालय तर्फ अघि वढ्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले अनुसन्धान केन्द्रहरुको गरिमा बढाउन कुनै कसर बाकि नराख्ने बताउनुभएको थियो ।
त्रिवि शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले अनुसन्धान केन्द्र विश्वविद्यालयका प्राज्ञिक गहना भएकोले यिनीहरुको सक्षम एवं प्रतिपर्धी बनाइने बताउनुभयो । पछिल्लो समयमा अनुसन्धान केन्द्रहरुले प्राप्त गरेको सफलताले निरन्तरता प्राप्त गर्नुपर्ने उहाँको धारणा रहेको छ । कार्यक्रममा त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेती अनुसन्धानका क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेतापनि प्राथमिकताका आधारमा अनुदान उपलब्ध गराइदै आइरहेको बताउनुभयो । मुलुकमा अनुसन्धानमा आधारित नितिहरु निर्माण हुने व्यवस्था निर्माण हुन नसकेको कारण अनुसन्धान केन्द्रहरु व्यवस्थित एवं सृदृढ हुन नसकेको भन्दै आगामी दिनमा अनुसन्धानमा आधारित निति निर्माण जोड दिनुपर्ने बताउनुभयो ।
भाषा अयाोग नेपाल अध्यक्ष डा. लवदेव अवस्थीले सेरिड लामो समयदेखि अनुसन्धानको क्षेत्रमा सक्रिय रहदै आइरहेको संस्था भएको बताउनुभयो । उहाँले सेरिडले प्राप्त गरेको गरिमालाई कायम गर्दै यसलाई झनै उपयोगी बनाउन सरकार एवं विश्वविद्यालयहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)का कार्यकारी निर्देशक प्रा.डा. जिवनाथ धितालले सेरिडले पछिल्लो समय अनुसन्धानका कार्यहरुलाई निरन्तरता दिदै आइरहेको र सरकारी निकायहरुको सहयोग प्राप्त भइरहेको बताउनुभयो । कार्यक्रममा सेरिडका प्रा.डा कविप्रसाद पोख्रेलले आर्थिक बर्ष २०७४÷०७५मा सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो । हाल सेरिडमा ३ वटा अनुसन्धान कार्यहरु सञ्चालनमा रहेको र ४ बटा अनुसन्धान कार्यक्रमहरु सञ्चालनमा आउने अवस्थामा रहेको जानकारी गराउनुभयो । ४२ औं बार्षिक दिवसको अवसरमा २ जना उत्कृष्ट शिक्षक÷कर्मचारीहरुमा उप–प्राध्यापक कमलराज देवकोटा र कार्यालय सहयोगी सन्तभाई महर्जन नगद रु १० हजार र प्रमाणपत्र सहित पुरस्कृत हुनुभएको छ ।
Your article helped me a lot, is there any more related content? Thanks!
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.